

साफमा उपविजेता बनेको नेपाली टोली आज काठमाडौं आउँदै

काठमाडौं
साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली आज बिहान काठमाडौं आउँदै छ ।
नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली आज बिहान सवा नौ बजे काठमाडौंमा अवतरण गर्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
मालदिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा भारतसँग ३–० पराजित भएपछि नेपाल उपविजेतामा सीमित बनेको थियो । साफको इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो ।
नेपाललाई फाइनलसम्म पुर्याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्किने कि नफर्किने भन्ने विषयमा पछि निर्णय लिने बताएका छन् । नेपालले फाइनलमा स्थान बनाएलगत्तै अलमुताइरीले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने घोषणा गरेका थिए ।
अलमुताइरी गत चैतमा एक वर्षको लागि नेपालको प्रशिक्षक नियुक्त भएका थिए । एन्फा पदाधिकारीहरुसँगको विवादका कारण अलमुताइरीले सामाजिक सन्जालमा राजीनामा दिने अभिव्यक्ति सार्वजनिक गरेपछि उनी विवादमा परेका थिए ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया