

एम्बाप्पेको पेनाल्टीमा पीएसजीको संघर्षपूर्ण जीत

एजेन्सी
किलियान एम्बाप्पेको ८६ औँ मिनेटमा पेनाल्टीबाट गोल गरेपछि पेरिस सेन्ट जर्मेनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै एंगर्सलाई २–१ गोलले हराएको छ । एंगर्सका खेलाडीले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीलाई एम्बाप्पेले सजिलै गोलमा परिणत गरेका हुन् ।
दक्षिण अमेरिकी स्टारहरू लियोनेल मेस्सी, एन्जेल डि मारिया, लियनार्डो पारेडेस, नेयमार र मार्किन्होसबिना नै मैदानमा उत्रेको पीएजसीले पहिलो हाफमा विपक्षीको पोष्टमा एक पनि प्रहार गर्न सकेन । खेलको ३६ औँ मिनेटमा एन्जेलो फुल्गिनीले गोल गरेपछि पीएसजीले एक गोलले पछि परेको थियो ।
तर, दोस्रो हाफमा डानिलो पेरेराले हेडरमार्फत गोल गर्दै पीएसजीका लागि बराबरी गोल फर्काए । खेलको अन्त्यतिर भिडियो एसिस्टेन्ट रेफ्रीले सम्भावित ह्याण्डबलका लागि सङ्केत गरेपछि रेफ्रीले भिडियो रिभ्यूको मद्दतले पीएसजीलाई पेनाल्टी प्रदान गरे । जसलाई एम्बाप्पेले सजिलै गोलमा परिणत गरे । १० खेलपछि २७ अंक बटुल्दै पीएसजी लिगको शीर्ष स्थानमा रहेको छ ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया