

साफ च्याम्पियनसिपपछि नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले राजीनामा दिने



उनले भने, ‘मैले यसअघि नै राजीनामा दिइसकेको छु । फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ । फाइनलपछि म नेपाल फर्कने पनि छैन ।’ प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए र भने, ‘यी तीन दिन मैले धेरै तनावमा गुजारे ।’ तर उनले जितमा आफू खुसी रहेको पनि बताए ।
खेलको विश्लेषण गर्नेक्रममा उनले भने, ‘बंगलादेशी गोलरक्षकले रातो कार्ड खाएपछि टिम १० खेलाडीमा सीमित भयो र खेल हाम्रो पक्षमा मोडियो । म बंगलादेशी गोलरक्षकलाई धन्यवाद दिन चाहन्छु, किनभने उनले मलाई अहिले तत्काल विश्वकै सबैभन्दा खुसी मान्छे बनाएका छन् । म उनीप्रति आभारी छु ।’
खेलमा अञ्जन विष्टले पेनाल्टीबाट नेपालका लागि गोल गरेका थिए र त्यो पेनाल्टीको निर्णय विवादास्पद पनि रह्यो । यसबारे बोल्दै प्रशिक्षक अल्मुताइरीले भने, ‘यो निर्णय ठीक थियो अथवा थिएन म ठ्याक्कै भन्न सक्दिनँ । त्यसो भनेमा त्यो झूट हुनेछ । तर म नेपाली टिमको प्रशिक्षक भएको हुनाले त्यस निर्णयको विपक्षमा बोल्दिनँ ।’


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया