
विकासको जिम्मा महिला मन्त्रीको काँधमा

विकासका प्रमुख पाँच खम्बाको रुपमा सडक, सहरी विकास, जलविद्युत्, सिँचाइ तथा खानेपानीलाई लिइन्छ। पूर्वाधार विकासबाट नै मुलुकको विकास र समृद्धि सम्भव छ। त्यही पूर्वाधार निर्माण गर्ने प्रमुख मन्त्रालयको नेतृत्व गर्ने जिम्मा अहिले महिला मन्त्रीको काँधमा आएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र सहरी विकासमन्त्री रामकुमारी झाँक्री भएका छन्।
भौतिक पूर्वाधारलाई ‘मालदार’ मन्त्रालयको रुपमा पनि लिइन्छ। ठेकेदारले सडक आयोजना हडपेर राख्ने र काम नगर्ने प्रवृत्ति हाबी हुँदै आएको छ। यो कठिन परिस्थितिमा नवनियुक्त मन्त्री यादवले परिस्थितिको सामना गरेर पूर्वाधार निर्माणलाई कसरी अघि बढाउँछिन्, हेर्न बाँकी छ।
भारतमा जन्मिएर वैवाहिक सम्बन्धपछि नेपाल आएकी यादव २०४७ सालदेखि नेपाली कांग्रेस, राप्रपा हुँदै अहिले जनता समाजवादीबाट मन्त्री भएकी हुन्। रेणु २०५६ सालको आमनिर्वाचन र २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा सप्तरीबाट निर्वाचित भएकी थिइन्। उनी २०७४ सालको आमनिर्वाचनमा पनि सप्तरीबाटै निर्वाचित भएकी हुन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसाल माओवादी केन्द्रबाट मन्त्री भएकी हुन्। विद्यार्थी राजनीति, ‘जनयुद्ध’ हुँदै राजनीतिमा स्थापित भएकी भुसालसँग महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको अनुभव छ।
ललितपुरबाट प्रत्यक्ष निर्वाचन जितेकी भुसाल संविधानसभा सदस्यसमेत थिइन्। भुसाललाई ऊर्जा मन्त्रालय नयाँ क्षेत्र हो। जलविद्युत्को बजार खोज्ने, ट्रान्समिसन लाइन बनाउने, अधुरा योजना पूरा गर्ने चुनौती उनको सामु छ। प्रसारण लाइन नहुँदा उत्पादन भएको विद्युत् खेर गएको छ।
विद्यार्थी राजनीति र सडक आन्दोलनबाट उदाएकी रामकुमारी झाँक्रीका लागि मन्त्री पहिलो अनुभव हो। झाँक्री समानुपातिक सांसद हुन्। मुलुकभरका सहर अव्यवस्थित छन्। मध्यपहाडी लोकमार्गमा पर्ने जिल्लामा १२ नयाँ सहर, हुलाकी राजमार्गमा १५, मधेसमा १८ गरी ४५ वटा व्यवस्थित सहर बनाउने योजना अलपत्र छन्।
यी योजनालाई अघि बढाउँदै स्मार्ट सिटी बनाउने जिम्मेवारी मन्त्री झाँक्रीको काँधमा आएको छ। तर, छोटो समयका लागि मन्त्री भएकाले काम देखाएर ‘क्रान्तिकारी र परिवर्तनकारी’ छवि बचाइराख्न झाँक्रीलाई चुनौती छ। उनी नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएकी हुन्।
त्यसैगरी, शशि श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र बोधमायाकुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री भएका छन्।
यो समाचार नागरिक दैनिकमा छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया