

खोपको पूर्ण मात्रा लगाएकाहरुमा कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमता बढी

नेपालमा खोपको प्रभावकारितासम्बन्धी गरिएको एक अध्ययनले खोप लगाएकाहरूमा कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक क्षमताको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तथ्यांक सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार दुवै डोज खोप लगाएकाहरूमा एन्टिबडी ८२ प्रतिशत छ भने पहिलो डोज लगाएकाहरूमा ५५ प्रतिशतमा एन्टिबडी पाइएको छ। गत जेठ १७ देखि असार २५ को अवधिभित्र रगतको नमुना संकलन गरी शरीरमा एन्टिबडीको स्तर हेर्ने उद्देश्यले अनुसन्धान गरिएको थियो।
अध्ययनमा १७ सय ९६ जनालाई सहभागीको नमुना संकलन गरिएको थियो। अध्ययनले खोप नलगाएका ४३/९ प्रतिशतमा एन्टिबडी बनेको र खोप लगाएका ६५ प्रतिशतमा एन्टिबडी बनेको औंल्याएको छ। खोप लिएको दोस्रो महिनासम्ममा एन्टिबडीको तह ८२/३३ प्रतिशत रहेको पाइएको छ भने चौथो महिनामा एन्टिबडीको मात्रा घट्दै गएर ४३ प्रतिशतमा पुगेको छ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया