

आइपिएल : प्लेअफमा पुगे तीन टिम



काठमाडौँ ।
इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै प्लेअफमा पुगेको छ ।
बैंगलोरले दिएको १६५ रनको लक्ष्य पछाएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउदै १५८ रन बनाएपछि खेल ६ रनले गुमाएको हो ।
यस अघि बैंगलोरले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १६४ रन बनाएको थियो ।
त्यस्तै गएरातीनै सम्पन्न खेलमा कोलकोता नाइटराइडर्सले सनराइजर्स हैदरवादलाई ६ विकेटले पराजित गरेको थियो । हैदरावादले दिएको ११६ रनको लक्ष्य पछाएको कोलकोताले १९।४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
योसँगै तीन टिम प्लेअफमा पुगेका छन् । अहिलेसम्म चेन्नई सुपर किंग्स १२ खेलमा १८ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ भने प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
त्यस्तै दिल्ली क्यापिटल्सले १२ खेलमा १८ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ भने प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
त्यस्तै बैंगलोरले १२ खेलमा १६ अंक हासिल गर्दै तेस्रो स्थानमा छ भने प्लेअफमा पुगेको छ ।
त्यस्तै अब प्लेअफको चौथो स्थानका लागि चार टिम प्रतिष्पर्धामा रहेका छन् । जसमा कोलकोता नाइटराइडर्सको १३ खेलमा १२ अंकसहित चौथो स्थानमा रहेको छ भने प्लेअफका लागि बलियो सम्भावना बनाएको छ ।
त्यस्तै, राजस्थान रोयल्स र मुम्बई इण्डियन्सको १२ खेलमा १०(१० अंक रहेको छ । त्यस्तै पञ्जाब किंग्सको १३ खेलमा १० अंक हासिल गरेको छ भने चार टिममा कमजोर देखिएको छ ।
त्यस्तै सनराइजर्सको १२ खेलमा ४ अंक रहेको छ र प्रतियोगिताबाट बाहिरिएको छ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया