

‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’ : अफ्रिदी


काठमाण्डाै
एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै अफ्रिदीले आतिथ्य सत्कारका लागि नेपालीलाई धन्यवाद दिएका छन् ।
‘शाही आतिथ्य सत्कारका लागि नेपालीलाई हृदयदेखि नै धन्यवाद र म विमानबाट बाहिर निस्किनेबित्तिकै घरजस्तै महसुस भयाे । निकै धेरै सम्झना लिएर घर फर्किएकाे छु’, उनले ट्विटरमा लेखेका छन् ।
साथै अफ्रिदीले नेपाल र पाकिस्तानबीच खेलकाे याेजना बनाएकाे पनि ट्विटरबाटै जानकारी गराएका छन् ।
अफ्रिदी काठमाण्डाै किङ्ग्स इलेभेनबाट चाैथाै संस्करणकाे ईपीएलकाे दुई खेल खेल्न गएकाे बिहीवार नेपाल आएका थिए । उनले दुई खेल खेल्ने कार्यक्रम रहे पनि एक खेलमात्र खेलेर फर्किएका हुन् । गएकाे शनिवार अफ्रिदीले ललितपुर प्याट्रियटर्सविरुद्ध खेलेका थिए । त्यस खेलमा ४ ओभरमा ३२ रन दिएका अफ्रिदीले विकेट हात पारेनन् । काठमाण्डाैले ललितपुरलाई सात विकेटले हराएकाे खेलमा उनले ब्याटिङ गर्नुपरेको थिएन ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया