

अहिलेको सरकारसँग धेरै ठूलो आशा गर्ने स्थिति छैन : पौडेल



भैरहवा।
नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अहिलेको सरकारसँग धेरै ठूलो आशा गर्ने स्थिति नरहेको बताएका छन्।
उद्योग व्यापार संगठन रुपन्देहीको १४ औँ वर्षिक साधारण सभा तथा ७ औँ अधिवेशनलाई सम्बोधन गर्दै पौडेलले सरकार विस्तारको काम दल विभाजन सम्बन्धी अध्यादेशले रोकिएको बताउँदै सरकारमा सहभागी भएका दलहरु पनि फुट्ने अवस्था आएकाले अहिलेको सरकार विस्तार हुन नसकेको बताए।
अध्यादेश फिर्ता नभई मन्त्रिपरिषद विस्तार गरे सरकारमा सहभागी दलहरु पनि विभाजित हुने अवस्था आएको उनले बताए । उनले चारदलीय सरकार चारतिर फर्किएको र विकासका काममा चासो नदिएको बताए ।
पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको कामलाई निरन्तरता दिन सरकारलाई सुझाव दिए। उनले विमानस्थलको दोश्रो चरणको कामलाई तीब्रता दिन सरकारलाई सचेत गराए। अघिल्लो सरकारले अगाडि बढाएको दोस्रो चरणको निर्माण कार्य नयाँ सरकारले ‘होल्ड’ गरेको आरोप उनले लगाए।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया