

ईपीएलको उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै


काठमाडौं । आज शनिबार (असोज ८) देखि बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) सुरु भएको छ । ६ वटा टोली सम्मिलित प्रिमियर लिगको चौथो संस्करण आजदेखि सुरु भएको हो ।
तियोगिताको पहिलो खेलमा काठमाडौं किंग्स इलाभेन र ललितपुर प्याट्रिओट् भिड्दै छन् । दुई टोलीबीचको उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । उद्घाटन खेल दिउँसो १२ ः १५ देखि हुने आयोजकले बताएको छ ।
सिंगल राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगिताको विजेताले ५० लाख पुरस्कार पाउनेछ । सिंगल राउण्ड रोबिनपछि क्वालिफायर खेलाइने आयोजकले जानकारी दिएको छ । ईपीएल नेपालको चर्चित टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो । यो प्रतियोगिता खेल्न पाकिस्तानी चर्चित क्रिकेटर सहिद अफ्रिदी समेत काठमाडौं आएका छन् । उनी काठमाडौं किंग्स इलाभेनमा आबद्ध छन् ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया