

मेस्सीले चोटका कारण मेजविरुद्धको खेल गुमाउने


काठमाडौं
पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेसीले घुँडाको चोटका कारण फ्रेन्च लिग वानमा मेज विरुद्धको खेल गुमाउने भएका छन् ।
मेस्सीको बायाँ घुँडामा चोट देखिएकोले बुधबार हुने मेजसंगको खेल गुमाउने भएका हुन् ।
पीएसजीले मंगलबार स्टेटमेन्ट सार्वजनिक गर्दै मेसीको घुँडामा चोट देखिएको जनाएको छ ।
आइतबार लियोनविरुद्धको खेलमा मेस्सीलाई सब्सिच्युट गरेको विषय चर्चामा रहँदा प्रशिक्षक माउरिसियो पोचेटिनोले सम्भावित चोटबाट जोगाउन त्यसो गरेको प्रतिक्रिया दिएका थिए ।
मेस्सीको घुँडाको एमआरआई गर्दा हड्डीमा चोट नै देखिएपछि भने अब उनले आगामी खेल गुमाउने भएका हुन् ।
पीएसजीले मेसीले ४८ घण्डाभित्र फेरि फलोअप गर्नुपर्ने समेत जनाएको छ ।
३४ वर्षीय मेस्सी अगष्टमा स्पानिस क्लब बार्सिलोना छाड्दै फ्रि ट्रान्सफरमा पेरिस क्लबमा अनुबन्ध भएका थिए ।
उनले पीएसजीका लागि सुरुआती तीन खेल खेल्दा गोल गर्न सकेका छैनन् ।
पीएसजीले आगामी मंगलबार म्यानचेष्टर सिटीसँग च्याम्पियन्स लिगमा खेल्दैछ । मेसीले उक्त खेल पनि गुमाउने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सिटीसँग खेल्नुअघि पीएसजीले शनिबार मोन्टेपिलरसँग खेल्दैछ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया