

नेपाल फिलिपिन्ससंग पराजित



काठमाडौं
अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत पहिलो खेलमा फिलिपिन्ससंग २(१ ले पराजित भएको छ । उज्वेकिस्तानमा शनिबार भएको समूह एफ को पहिलो खेलमा नेपाल पराजित भएको हो ।
खेलमा नेपालले पहिले अग्रता लिएपनि अन्तिममा सम्हालिन नसक्दा त्यसलाई जोगाउन सकेन । नेपालले ९० औं मिनेट र इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल खाएको थियो ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको खेलमा विमला चौधरीले खेलको १० औं मिनेटमा गोल गर्दै फिफा वरियतामा ३३ स्थान माथि रहेको फिलिपिन्स विरुद्ध नेपाललाई दिलाएकी थिइन् । पहिलो हाफमा अग्रता कायम राखेको नेपालले ८९ मिनेटसम्म फिलिपिन्स विरुद्ध अग्रता कायम राखेको थियो ।
तर विदेशमा खेल्ने व्यवसायिक खेलाडीहरु सामु नेपाली खेलाडी फिटनेसमा कमजोर देखियो । अन्तिम सममया दुई गोल फर्काउदै फिलिपिन्सले पुनरागमन जित हात पारेको हो ।
फिलिपिन्सका लागि ९० औं मिनेटमा ताहनाई अनिशले बराबरी गोल फर्काइन् । पहिलो गोल गरेपछि फिलिपिन्सले एक मिनेटपछि नै अर्को गोल थप्यो । इन्जुरी टाइमको दोस्रो मिनेटमा कमिल्ला विल्सनले फिलिपिन्सको लागि विजयी गोल गरिन् ।
यसै खेलबाट विमला विकले राष्ट्रिय टिममा डेब्यु गरेकी छिन् । उनले ६२ औं मिनेटमा पूजा रानाको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेकी हुन् ।
नेपालले अब समूह एफको अर्को खेल हङकङसंग असोज ५ गते खेल्नेछ । समूह विजेता बन्दै एसिया कपमा छनोट हुने सम्भावना कायम राख्न नेपालले हङकङलाई हराउनैपर्नेछ । समूहको अन्तिम खेल फिलिपिन्स र हङकङबीच असोज ८ गते हुनेछ ।
यस समूहको विजेता अर्को वर्ष भारतमा हुने एसिया कपमा छनोट हुनेछ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया