

एमाले सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने सर्वोच्चको आदेश



काठमाण्डाै
सर्वोच्च अदालतले नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादी पार्टी रोज्न पाउने अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले आज मङ्गलवार निर्वाचन आयोगको निर्णयमा त्रुटि देखिएको भन्दै सांसदहरू पाण्डे र भट्टले एकीकृत समाजवादी पार्टी रोज्न पाउने आदेश दिएको हो ।
एकीकृत समाजवादी दल दर्ताका लागि भदौ ४ गते निर्वाचन आयोगमा निवेदन दिएकोमा निर्वाचन आयोगले ९ गते सनाखतका लागि बोलाएको र सनाखतका लागि आयोगले तोकेको मितिअघि नै पाण्डे र भट्टले आफ्नो नाम पनि समावेश गर्नुपर्ने माग गर्दै आयोगमा गएकाले उनीहरूले दल रोज्न पाउनुपर्ने सर्वोच्चले जनाएको छ ।
यस्तै सनाखतको बेलामा पनि झलनाथ खनालले भारतको नयाँ दिल्लीबाटै सनाखत गर्न पाउने तर नेपालमै भएका र सनाखतको मितिभन्दा अघि नै निवेदन दिएका पाण्डे र भट्टले सनाखत गर्न नपाउनु दलसम्बन्धी कानुन विपरीत हुने सर्वोच्चले जनाएको छ ।
दल दर्ताको निवेदनमा हस्ताक्षर छुटेका सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई निर्वाचन आयोगले एकीकृत समाजवादीमा सनाखत गर्न नदिएपछि दुवै जनाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया