

बाघको आक्रमण बढेपछि बाँकेमा सुरक्षा सतर्कता बढाइयो


बाँके । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती–सोनारी गाउँपालिका १ कुसुम गाभरमा आज सोमवार बिहान बाघको आक्रमणबाट एक जनाको ज्यान गएपछि राजमार्ग क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघलाई नियन्त्रणमा लिनका लागि प्राविधिक टोली घटनास्थल पुगिसकेको जानकारी दिनुभयो । ‘टोलीले बाघको अवस्था र व्यवहार बुझेपछि मात्रै नियन्त्रणमा लिनुपर्ने अवस्थामा नियन्त्रणमा लिनेछ’, शाहले भन्नुभयो, ‘क्यामरा राखिसकिएको छ , उसको राजमार्ग क्षेत्रमा हुने आवागमनलाई हेरिनेछ ।’
थप घटना हुन नदिनका लागि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सुरक्षा तैनाथ गरिएको र हात्तीसहितको गस्ती टोली पनि पठाइएको निकुञ्जले जनाएको छ ।
रातिको समयमा राजमार्ग क्षेत्रमा मोटरसाइकल आवागमनमा रोक लगाइएको छ । हिजो आइतवार बेलुका स्थानीय होटलमा कार्यरत सुस्त मनस्थितिका एक व्यक्ति खाना खाएर निस्केकामा आज बिहान शव भेटिएको थियो ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया