

निर्वाचन आयोगविरुद्ध सर्वोच्च जाँदै एमाले



काठमाण्डु
निर्वाचन आयोगविरुद्ध नेकपा एमाले सर्वोच्च अदालत जाने भएको छ । माधव नेपालको दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेपछि एमालेले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको हो ।
पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेले गत भदौ १ मा पार्टी विभाजन रोक्न भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको थियो ।
एमालेले कारबाही गरेका १४ जनासहित ३० सांसद र ५५ केन्द्रीय सदस्यको सनाखतलाई मान्यता दिएर आयोगले ९ भदौमा नेकपा (एकीकृत समाजवादी) पार्टीलाई राजनीतिक दलको प्रमाणपत्र दिएको थियो । एमालेले कारबाही गरेका सांसदहरुको सनाखतलाई समेत मान्यता दिएको भन्दै आयोगविरुद्ध मुद्धा हाल्ने तयारी गरेको हो ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया