

नेपालमा ६८ प्रतिशतभन्दा धेरैमा कोभिड १९ ‘एन्टिबडी’ तयार



काठमाण्डाै
नेपालमा ६८ प्रतिशतभन्दा धेरै मानिसमा काेभिड १९ (कोरोना भाइरस) को एन्टिबडी तयार भएको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका ६ महिनाभन्दा बढी उमेर समूहका १३ हजार एक सय ६१ जनामा गरेको परीक्षणमा ६८ दशमलव ६ प्रतिशतमा कोरोना भाइरसको एन्टिबडी बनेको पाइएको हो ।
कोरोना सङ्क्रमण भएर तथा कारोनाविरुद्धको खोप लगाएर उनीहरूमा एन्टिबडी तयार भएको हो । सबै प्रदेश, भौगोलिक क्षेत्र, सहर तथा गाउँ, लिङ्ग, पेसा वा उमेरका मानिसमा एन्टिबडीको उस्तै अवस्था देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै नेपालमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएकामा ८० प्रतिशतमा र पूर्ण मात्रा खोप लगाएकामा ९० प्रतिशतमा एन्टिबडी पाइएको छ । यसबाट नेपालमा खोपको प्रभावकारिता पनि राम्रो रहेको पाइएको मन्त्रालयले जनाएको छ ।
यस्तै जति धेरै मानिसमा एन्टिबडी तयार हुन्छ महामारी नियन्त्रणमा उत्तिकै सहज हुने भएकाले बढी व्यक्तिमा एन्टिबडी तयार हुनु राम्रो हो । धेरै मानिसमा एन्टिबडी देखिए पनि भाइरसले रूप बदलिरहने डर भएकाले मास्क लगाउने, दुरी कायम गर्ने, हात धुने लगायतका स्वास्थ्यका मापदण्ड पालना गरिरहनु कोरोना महामारी नियन्त्रणको प्रभावकारी उपाय भएको मन्त्रालयले जनाएको छ ।



खबर सबै
-
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
-
बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित







प्रतिक्रिया