
रोनाल्डो १३ वर्षपछि फर्किँदै छन् पुरानो क्लब म्यानचेस्टर युनाइटेड

म्यानचेस्टर सिटीलाई उछिन्दै म्यानचेस्टर युनाइटेडले आफ्ना पुराना खेलाडी क्रिष्टियानो रोनाल्डोलाई ल्याउने भएको छ ।
झण्डै १३ वर्षपछि रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किने निश्चित भएको हो । उनलाई ल्याउने सम्बन्धमा इटालियन क्लब युभेन्टससँग सहमति भएको म्यानचेस्टर युनाइटेडले जनाएको छ ।
३६ वर्षका रोनाल्डोका लागि युनाइटेडले १२.८ मिलियन पाउण्ड तिर्ने भएको हो । सम्झौताका लागि व्यक्तिगत शर्तहरु, भिसा तथा मेडिलकको कामहरु भइरहेको पनि जनाइएको छ ।
सन् २००९ मा रियल मड्रिड जानु पूर्व रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि २९२ गोलमा ११८ गोल गरेका थिए । सन् २०१८ मा रियल मड्रिडबाट उनी इटालियन क्लब युभेन्टस गएका थिए ।
म्यानचेस्टर युनाइटेडले वक्तव्य जारी गरेर रोनाल्डोलाई स्वागत गर्नका लागि क्लबका सबै आतुर रहेको उल्लेख गरेको छ ।
म्यानचेस्टर सिटी र रोनाल्डोबिच अनुबन्धनका सम्बन्धमा व्यक्तिगत शर्तहरु सहमति भइसकेको भन्दै उनी सो क्लबमा अनुबन्धित हुने सम्भावना रहेको बताइएको थियो ।
तर उनी आफूले झण्डै १३ वर्ष पहिले छोडेको क्लब फर्किने भएका हुन् ।
यसअघि ६ वर्ष युनाइटेडमा बिताउँदा उनले तीनपटक प्रिमियर लिग, एकपटक च्याम्पियन्स लिग, दुईपटक लिग कप र एकपटक एफए कपको उपाधि जितेका थिए । यस्तै फिफा क्लब वर्ल्ड कप तथा कम्युनिटी सिल्ड पनि जितेका थिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया