

अफगानिस्तान : विश्व बैंकले दिँदै आएकाे अनुदान राेक्का



काठमाण्डाै
विश्व बैंकले अफगानिस्तानमा परियोजनाका लागि दिँदै आएको अनुदान राेक्का गरेको छ । अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि विश्व बैंकले यो महत्त्वपूर्ण निर्णय लिएको हो ।
तालिबानको नियन्त्रणपछि अफगानिस्तानको विकास परियोजना र विशेष गरी महिलामाथि नराम्रो असर पर्ने बताइएको छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि भुक्तानी निलम्बन गरेको थियो ।
‘हामीले अफगानिस्तानमा रकम वितरण रोकेका छौँ । हामी अन्तर्राष्ट्रिय साझेदार र विकासमा सहभागीहरूसँग कुराकानी जारी राख्नेछौँ । साथसाथै आफ्नो आन्तरिक नीति तथा कार्यविधिको स्थितिलाई नजिकबाट हेरिहेका छौँ ।’
बाइडेन प्रशासनले पनि अफगानिस्तान केन्द्रीय बैंकको अमेरिकामा रहेको सम्पत्ति रोक्का गरेको छ ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया