

स्पेनिस ला लिगा फुटबलमा आज तीन खेल हुँदै


काठमाण्डाै
स्पेनिस ला लिगा फुटबलमा आज तीन खेल हुँदैछन् । एलाभेस र मार्लोका राति पौने ९ बजे खेल्दैछन् । त्यस्तै ग्रानाडा र भ्यालेन्सिया तथा इस्पानोयल र भिल्लारियल खेल सवा ११ बजे हुनेछ ।
गएराति भएको एक मात्र खेलमा रियल बेटिस र कार्डिजले बराबरी खेल्दै अंक बाँडेका छन् । रियल बेटिसको मैदानमा खेलको ११ औं मिनेटमा कार्डिजका अल्भारो सान्सेजले पेनाल्टीमा गोल गरी अग्रता दिलाएका थिए । तर रियल बेटिसका जुआन लोपेजले २२ औं मिनेटमा बराबरी गोल फर्काए । खेल एक/एक गोलको बराबरी भएपछि दुवै टोलीले अंक बाँडेका हुन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया