

दश बुँदेप्रति एमाले प्रतिबद्ध छ, षड्यन्त्रको सामना गरौं- पोखरेल



काठमाडौं –
नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले कार्यदलले तयार पारेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी तयार रहेको जनाएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र पोखरेलले सहमतिको बाटो छोडेर माधव नेपालले नयाँ पार्टी खोल्नु दुखद भएको टिप्प्णी समेत गरेका छन् ।
‘झण्डै तीन कार्यकाल पार्टीको नेतृत्व गर्नुभएका माधव कमरेडले सहमतिको बाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष हो । कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिबद्ध छ’, पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
पार्टीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको भन्दै पोखरेलले विचलित नभई षड्यन्त्रविरुद्ध लाग्नुपर्ने पोखरेलको भनाई छ । ‘विचार र सिद्धान्तले नै यस पार्टीलाई संगठनात्मक रुपमा सुदृढ बनाउ, सबै प्रकारका षड्यन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाउ’, पोखरेलले भनेका छन् ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया