बागमती प्रदेश : संसदीय दलको नेताबाट पौडेलको राजीनामा

बागमती

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले दलको नेताबाट राजीनामा दिएको र शाक्यलाई दलको नेतामा प्रस्ताव गरेको पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सांसद अरुण नेपालले फरकधारलाई जानकारी दिए ।

‘मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएर आफैँले अष्टलक्ष्मी कमरेडलाई प्रस्ताव गर्नुभएको ब्यहोरा दलको बैठकमा प्रस्तुत गर्नुभयो र त्यो पनि पास भइसकेको छ ।’ नेपालले भने ।

उनका अनुसार शाक्यलाई आजै साँझ वा भोलि बिहानसम्म मुख्यमन्त्री बनाउनेगरी तयारी अघि बढाइएको छ ।

एमाले विभाजनको संघारमा बागमती प्रदेशमा देखिएको यो दृश्यले एमालेको राजनीतिमा नयाँ ट्वीस्ट आएको छ ।

प्रतिक्रिया

खबर सबै