

बागमती प्रदेश : संसदीय दलको नेताबाट पौडेलको राजीनामा



बागमती
बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले दलको नेताबाट राजीनामा दिएको र शाक्यलाई दलको नेतामा प्रस्ताव गरेको पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सांसद अरुण नेपालले फरकधारलाई जानकारी दिए ।
‘मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएर आफैँले अष्टलक्ष्मी कमरेडलाई प्रस्ताव गर्नुभएको ब्यहोरा दलको बैठकमा प्रस्तुत गर्नुभयो र त्यो पनि पास भइसकेको छ ।’ नेपालले भने ।
उनका अनुसार शाक्यलाई आजै साँझ वा भोलि बिहानसम्म मुख्यमन्त्री बनाउनेगरी तयारी अघि बढाइएको छ ।
एमाले विभाजनको संघारमा बागमती प्रदेशमा देखिएको यो दृश्यले एमालेको राजनीतिमा नयाँ ट्वीस्ट आएको छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया