

दोस्रो टेस्ट क्रिकेटमा भारतले इङ्ग्ल्यान्डलाई फराकिलो अन्तरले हरायो



काठमाण्डाै – भारतले दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली इङ्ग्ल्यान्डलाई हराएको छ । लर्डसमा भएको खेलमा भारतले इङ्ग्ल्यान्डलाई १ सय ५१ रनको फराकिलो अन्तरले हराएको हो । जितसँगै भारतले पाँच खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।
पहिलो पारीमा २७ रनले पछि परेको भारतले २ सय ९८ रन बनाउँदै दोस्रो पारी अन्त्यको घोषणा गरेको थियो । २ सय ७२ रनको लक्ष्य पाएको इङ्ग्ल्यान्ड १ सय २० रनमा अलआउट भयो । उसका कप्तान जोए रुटले ३३, जोस बट्लरले २५ तथा मोइन अलीले १३ रन बनाए ।
भारतका मोहमद सिराजले ४ विकेट लिए । जस्प्रित बुम्राहले ३ तथा इशान्त शर्माले २ विकेट लिए । दोस्रो पारीमा भारतका अजिन्का रहानेले ६१ तथा मोहमद शामीले ५६ रनको अर्धशतकीय पारी खेले । इङ्ग्ल्यान्डका मार्क उडले ३ तथा मोइन अली र ओली रोबिनसनले २/२ विकेट लिए ।
पहिलो पारीमा इङ्ग्ल्यान्डले ३ सय ९१ रन बनाएको थियो । उसका जोय रुटले शतक प्रहार गरेका थिए । पहिलो टेस्ट वर्षाले प्रभावित हुँदा बराबरीमा सकिएको थियो । पाँच टेस्टको श्रृङ्खला खेल्न भारत इङ्ग्ल्यान्ड भ्रमणमा छ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया