

बङ्गलादेशसँगको अन्तिम टी–ट्वान्टीमा अस्ट्रेलिया ६० रनले पराजित





काठमाण्डाै
बङ्गलादेशसँगको पाँचौँ तथा अन्तिम टी–ट्वान्टीमा अस्ट्रेलिया ६० रनले पराजित भएको छ । घरेलु टोली बङ्गलादेशले अस्ट्रेलियालाई ६२ रनमा अल आउट गर्दै श्रृङ्खला ४–१ ले जितेको हो । जितको लागि १ सय २३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १३ ओभर ४ बलमा ६२ रनमा अल आउट भयो ।
टी–ट्वान्टीमा अस्ट्रेलियाको यो सबैभन्दा कम रन हो । अस्ट्रेलियाका कप्तान म्याथ्यु वेडले सर्वाधिक २२ तथा बेन म्याकडेरमोटले १७ रन जोडे । अरु खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । बङ्गलादेशका शकिव अल हसनले ४ विकेट लिए । उनी टी–ट्वान्टीमा एक सय विकेट लिने दोस्रो खेलाडी बनेका छन् ।
ढाकामा टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । बङ्गलादेशका मोहम्मद नइमले सर्वाधिक २३ रन बनाए । अस्ट्रेलिया नाथन एलिस र ड्यानियल क्रिष्टियनले २/२ विकेट लिए । एस्टन टर्नर, एस्टन अगर र एडम जाम्पाले १/१ विकेट लिए ।


खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया