

मेस्सीको बिदाइ : भावविह्वल हुँदै बाहिरिए बार्सिलोनाबाट


काठमाडौँ ।
२१ वर्षसम्म बार्सिलोनाबाट फुटबल खेलेका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले भावविह्वल हुँदै बार्सिलोना छाडेका छन् ।
बार्सिलोनाले आइतबार कप्तान मेस्सीको बिदाइ गरेको हो । बिदाइको पत्रकार सम्मेलनमै मेस्सी रोएका हुन् । बिदाइमा बोल्दै मेस्सीले आफूले अघिल्लो वर्ष क्लब छाड्न खोज्दा नदिइएको तर यो वर्ष छाड्न नचाहँदा छाड्नु परेको भन्दै भावुक बने ।
‘म यस क्लब छाड्न चाहदैन थिए । यस क्लबलाई म माया गर्थे । मैले यो पलको आशा गरेको थिएन,’ मेस्सीले बिदाइमा भने, ‘गत वर्ष म क्लब छाड्न चाहन्थे । यस वर्ष म बस्न चाहन्छु । त्यसैले म दुखी छु ।’
क्याटलन क्लबको एकेडेमीमा हुर्किएका मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएका थिए ।
६ पटकको बालोन डी’ओर विजेता मेस्सी गत जुन ३० बाटै फ्री एजेन्ट बनेका थिए । ३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् ।
मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् । उनले ७ पटक कोपा डेल रे उपाधि हात पारे ।
मेस्सी अब पीएसी जाने तयारीमा छन् । उनलाई पीएसीले २ वर्ष क्लवमा रहने गरी प्रस्ताव गरेको जनाइएको छ ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया