कपिलवस्तुमा भोली सोमबार देखि भेरोसिलको दोस्रो डोज खोप दिइदैँ

कपिलवस्तु ।।

कपिलवस्तुमा भोली देखि भेरोसिल खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो डोज खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय तौलिहवाका अनुसार यस अघि जिल्लामा तोकिएको लक्षीत वर्गका मानिसहरु मध्ये भेरोसिलको पहिलो डोज लिएकाहरुलाई दोस्रो डोज भेरोसिल खोप दिने गरी तयारी गरिएको छ ।

स्वास्थ्य कार्यालयले सबै स्थानीय तहहरुलाई खोप कार्यक्रमका लागि निर्देशन गरेको छ भने स्थानीय तहहरुले सम्बन्धित सबै स्वास्थ्य चौकी र अस्पतालहरुलाई खोप कार्यक्रमको तयारी गर्न आग्रह गरेका छन् । यस्तै यता बाणगंगा नगरपालिकामा भोली सोमबार देखि २७ गते बुधबार सम्म खोप कार्यक्रम संचालन हुने उल्लेख गरेको छ । कोभिड १९ विरुद्धको भेरोसिल खोपको दोस्रो डोज लगाउनका लागि यस अघि पहिलो डोज लगाएका व्यक्तिहरुले खोप लगाएको कार्ड लिएर सम्बन्धित वडाको स्वास्थ्य चौकी मार्फत खोप लगाउन पाउने छन् ।

खोपको दोस्रो डोज लगाउनका लागि पहलिो खोप लगाएको २१ दिन पुगेको हुनेपर्ने जनाएको छ । बिहान साढे १० बजे देखि बेलुका ४ बजे सम्म खोप कार्यक्रम सञ्चालन हुने बाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाद्धारा जारी सुचनामा उल्लेख गरीएको छ ।

प्रतिक्रिया

खबर सबै