

पछिल्लो २४ घण्टामा २५४८ को कोरोना संक्रमण, ५५ को मृत्यु


काठमाडौं
पछिल्लाे २४ घण्टामा देशभर २५४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २०१९ जना संक्रमणमुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख १४ हजार ८७७ जना पुगेको छ । यस्तै एन्टिजेनबाट ६८ हजार ४७८ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ६ लाख ६९ हजार २९९ जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या १ हजार ९३ जना पुगेको छ ।
हाल देशभर ८०२ जना आईसीयुमा रहेका छन् भने १८१ जना भेन्टिलेटरमा रहेका छन् । देशभर सक्रिय संक्रमित ३५ हजार बढी रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनामा परीक्षण भएको थियो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया