

जेष्ठ नागरिकलाई २५ साउनदेखि कोभिशिल्डको दोस्रो डोज





काठमाडौं
दोस्रो डोज लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन पाउने भएका छन् । भुटानले शुक्रबार बिहान ३ लाख डोज खोप पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएकाले साउन २५ गतेदेखि दोस्रो डोज एस्ट्रेजेनकाको खोप अभियान सुरु गर्न लागेको हो।
स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार जापानले दिने भनिएको खोप शनिबार र आइतबार दुई लट गरेर आउँदैछ । ‘चार/चार लाख गरेर ८ लाख डोज खोप आगामी दुई दिनमा आउँछ र बाँकी ८ लाख डोज खोप १० दिनपछि पठाउने भनिएको छ’ डा. गौतमले भने ।
साउन २५ गतेदेखि कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप दिइने उनले बताए । गौतमका अनुसार खोप उपलब्धता अनुसार क्रमशः वितरण गर्ने उक्त खोप अभियान प्रदेश १ र २ मा सुरु हुन भने केही दिन ढिलो हुनेछ ।
फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजार भन्दा बढी जेष्ठ नागरिकले भारतको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड नामक खोपको पहिलो डोज लगाएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो डोज १२ हप्तापछि लगाउनुपर्ने बताएपनि खरिद सम्झौता भएकोमध्ये १० लाख डोज खोप भारतले नदिएपछि उनीहरु दोस्रो डोज लगाउनबाट वञ्चित भएका थिए ।
अहिले भेरोसेलको दोस्रो डोज खोप अभियान चलिरहेको छ । ‘यो अभियान सकिनेबितिकै हामी दोस्रो डोजको पर्खाइमा रहेका जेष्ठ नागरिकलाई खोप दिन्छौ’ डा. गौतमले भने ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया