

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित





काठमाडौं
पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण नियन्त्रणमा सरकारले प्रभावकारी कदम नचाल्ने हो र सर्वसाधारणले पनि घोषित मापदण्ड पालनामा गम्भीर नहुने हो भने मुलुक संक्रमणको तेस्रो लहरमा प्रवेश गर्ने चेतावनी दिइसकेको अवस्थामा पछिल्ला दिनमा बढ्दै गएको संक्रमितको ग्राफले फेरि एकपटक अप्रिय अवस्था आउन सक्ने देखिएको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा बुधबार भने ४ हजार नाघेको छ । बुधबार मात्रै ४ हजार १ सय ७ जना संक्रमित थपिएका छन् । यो भनेको ४२ दिनपछिकै सबैभन्दा धेरै हो । गत ८ असारमा १२ हजार २ सय ४ जनाको आरटीपीसीआर र ४ हजार ७ सय ९ जनाको एन्टिजेन परीक्षणका क्रममा ४ हजार ५ सय २२ जना संक्रमित थपिएका थिए । त्यसयता संक्रमणदर स्थिर रहँदै आएको थियो ।
बुधबार भने ११ हजार ३ सय ५४ जनाको पीसीआर र ४ हजार ९ सय ४४ जनाको एन्टिजेन गरी १६ हजार २ सय ९८ जनाको परीक्षण गर्दा ४ हजार १ सय ७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार गत २४ घण्टामा पीसीआर परीक्षण गरिएका मध्ये २६.२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । उनले भने, ‘यो संख्या निकै धेरै हो । संक्रमण कायम रहेको छ । हेलचेक्र्याइँ नगरौं ।’ यो समाचार राजधानी दैनिकमा छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया