

बाणगंगामा पहिलो पटक कुष्ठरोग र हात्तिपाईलेबाट प्रभावित बिरामीहरुका लागि स्वयम हेरचाह तालिम प्रदान





कपिलवस्तु ।।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा पहिलो पटक कुष्ठरोग र हात्तिपाईलेबाट प्रभावित बिरामीहरुका लागि स्वयम हेरचाह तालिम प्रदान गरिएको छ ।
मोतिपुर स्वास्थ्य चौकीमा आयोजित तीन दिने तालिममा बाणगंगा नगरपालिका वडा नम्बर ७ र ८ का कुष्ठ रोग तथा हात्तिपाईले प्रभावित बिरामीहरुको सहभागिता रहेको थियो । विषेश गरी उनीहरुलाई घरमै रहँदा आफुले आफ्नो ख्याल कसरी गर्ने, रोगको असर बढ्न नदिन आफैले गर्न सकिने स्वास्थ्य गतिविधिको बारेमा जानकारी गराइएको मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले जानकारी दिनुभयो ।
शनिबार देखि संचालित तालिमको मंगलबार समापन गर्दै बाणगंगा नगरपालिका शिक्षा शाखा प्रमूख बाबुराम भट्टराइले कुष्ठरोग निवारण र हात्तिपाईले रोकथामका लागि चुनौतिपूर्ण स्थिति सिर्जना भईरहेका बेला बाणगंगामा पहिलोपटक मोतिपुर स्वास्थ्य चौकीले स्वयम हेरचाह तालिम प्रदान गर्नु नगरपालिका कै नविन कार्यक्रम रहेको बताउनुभयो ।
वडा नम्बर ८ का वडा अध्यक्ष तथा मोतिपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष गुणानिधि भुषालको अध्यक्षता सहित कार्यक्रममा शिक्षा शाखा प्रमूख भट्टराईको प्रमूख आतिथ्यता रहेको थियो । यस्तै नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलको आतिथ्यता सहित तालिमको मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले सहजिकरण सहित संचालन गर्नुभएको थियो ।
आधारभूत स्वास्थ्य परियोजना, कालिका स्वावलम्बन केन्द्र कपिलवस्तुको सहयोगमा मोतिपुर स्वास्थ्य चौकीले आयाजना गरेको सो तालिममा कुष्ठरोग र हात्तिपाईलेबाट प्रभावित २८ जनाको सहभागिता रहेको थियो ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया