

टोकियो ओलम्पिक : १७६ स्वर्ण पदकको छिनोफानो, चीनकाे अग्रता कायमै


काठमाण्डाै – जापानमा भइरहेको टोकियो ओलम्पिकमा १७६ स्वर्ण पदकको छिनोफानो भएको छ । अहिलेसम्म ओलम्पिकमा चीनले अग्रता कायमै गरेको छ ।
चीनले अहिलेसम्म २४ स्वर्णसहित ५१ पदक जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले २० स्वर्णसहित ५९ पदक जितेको छ । यस्तै, तेस्रो स्थानको आयोजक देश जापानले १७ स्वर्णसहित ३१ पदक जितेको छ ।
चौथो स्थानको अस्ट्रेलियाले १४ स्वर्णसहित ३१ पदक जित्दा पाँचौँ स्थानमा रहेको रुस ओलम्पिक कमिटीले १२ स्वर्ण सहित ४४ पदक जितेको छ । यस्तै, बेलायतले १०, दक्षिण कोरिया र फ्रान्सले पाँच/पाँच, इटली, नेदरल्यान्डस्, जर्मनी, न्युजिल्यान्ड र चेक रिपब्लिकले चार/चार स्वर्ण जितेका छन् । यस्तै, क्यानडा, स्विट्जरल्यान्ड र क्रोएसियाले तीन/तीन स्वर्ण जितेका छन् ।
ब्राजिल, चाइनिज ताइपेइ, हङ्गेरी, स्लोभानिया, इक्वेडर, कतार र कोसोभोले दुई/दुई स्वर्ण जितेका छन् । यस्तै, ३० देशले एक/एक स्वर्ण जितेका छन् ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया