

भारतसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खला


काठमाण्डाै
घरेलु टिम श्रीलङ्काले भारतसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खला जितेको छ । कोलम्बोमा भएको तेस्रो तथा अन्तिम खेलमा भारतलाई ७ विकेटले पराजित हराउँदै श्रीलङ्काले श्रृङ्खला २–१ ले आफ्नो बनाएको हो ।
भारतले दिएको ८२ रनको लक्ष्य श्रीलङ्काले १४ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । श्रीलङ्काका धनञ्जय डी सिल्भाले अविजित रहँदै २३ र वानिन्दु हसरङ्गाले १४ रन बनाए । यस्तै मिनोद भानुकाले १८ रन जोड्दा अभिष्का फर्नान्डोले १२ रन बनाए ।
सादिरा राशेन ६ रनमा आउट भए । भारतका राहुल चाहरले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर ८१ रन बनाएको थियो । भारतका लागि कुलदीप यादवले अविजित रहँदै २३ रन बनाए ।
भुवनेश्वर कुमारले १६ रन जोड्दा ऋतुराज गायकवाडले १४ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अङ्क जोड्न सकेनन् । श्रीलङ्काका वानिन्दु हसरङ्गाले ४ विकेट लिए भने डसुन शनकाले दुई विकेट लिए ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया