

टोकियो ओलम्पिक : नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दै


काठमाण्डाै
टोकियो ओलम्पिकमा अहिले नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन् ।
१ सय मिटर दौडमा प्रतिस्पर्धा गर्दै गरेकी सरस्वती दोस्रो हिटमा छिन् । उनको हिटमा ९ खेलाडी छिन् । यस हिटको शीर्ष तीन खेलाडी दोस्रो चरणमा पुग्ने छन् । सरस्वती राष्ट्रिय कीर्तिमान बनाउने योजनामा छिन् ।
टोकियो ओलम्पिकमा नेपालबाट सहभागी भएका पाँचमध्ये चार जनाले खेलिसकेका छन् । पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरे पनि अघिल्लो चरणमा पुग्न असफल भइन् भने पौडीमा नेपालका एलेक्स साह पनि हिट चरणभन्दा माथि पुग्न सकेनन् । जुडो र सुटिङका खेलाडी पनि प्रारम्भिक चरणबाटै बाहिरिएका थिए ।
टोकियो ओलम्पिकमा अहिलेसम्म १५ स्वर्णसहित ३१ पदक जितेर चीन शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको जापानको १५ स्वर्णसहित २५ पदक छ भने तेस्रो स्थानमा रहेको अमेरिकाले १४ स्वर्ण र १४ रजतसहित ३८ पदक जितेको छ ।
जापानमा भइरहेको ओलम्पिकमा अहिलेसम्म ११२ स्वर्ण पदकको छिनोफानो भएको छ ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया