

जिप दुर्घटनाः ४ जना घाइते, १ जनाको अवस्था गम्भीर



ई–साझाकुरा, भदौ ५
गुल्मीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
तम्घासदेखि मालिका गाउँपालिका अर्जे जाँदै गरेको लु२च २५७३ नम्बरको जिप रेसुंगा नगरपालिका ४ अर्खले घुम्तीनिर ब्रेक फेल भई अनियन्त्रित हुँदा मालिका गाउँपालिका वडा नं ८ की ३० वर्षकी माया परियार उनका ९ वर्षका छोरा सतिष, मालिका गाउँपालिका वडा नं ५ की वर्ष २० की दीपा घिमिरे र इश्मा गाउँपालिका वडा नं ६ की वर्ष १२ की सन्ध्या परियार घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए।
घाइतेमध्ये माया परियारको अवस्था गम्भीर रहेकाले पाल्पा प्रभासमा उपचारका लागि पठाइएको छ। उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। अन्य तीन जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया