

टोकियो ओलम्पिक : नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमै पराजित


काठमाण्डौँ
टोकियो ओलम्पिक गेम्सअन्तर्गत नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भएकी छिन्।
शनिबार विहान महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो।
जसमा इरिनाले इप्पोनको आधारमा सोनियलाई पहिलो राउन्डमै पराजित गरिन्।
रसियाकी इरिनाले आफ्नो देशको झण्डाबाट भने खेलिनन्। रसिया डोपिङ प्रकरणमा प्रतिबन्धमा परेको कारण रसियाका खेलाडीहरू ओलम्पिकको झण्डबाट ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका छन्।
यसअघि आजै नेपालकी अर्की खेलाडी कल्पना परियारले सुटिङको महिला १० मिटर एयर छनोट चरणमा प्रतिस्पर्धा गरिन्।
उनले राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा छनोट हुन सकिनन्।
कल्पनाले छनोट चरणमा ६१६।८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४।५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।
कल्पनाले ६१६।८ स्कोर गरेर राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा भने छनोट हुन सकिनन्।
छनोटबाट शीर्ष ८ खेलाडीले मात्र फाइनल खेल्नेछन्। उनी ५० जना खेलाडीमध्ये ४६ औं स्थानमा रहिन्।
अब नेपालका पौडी खेलाडीद्वय गौरिका सिंहले महिला १०० सय फ्रिस्टाइल र एलेक्जान्डर ग्याडिगाड शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। एलेक्सले २७ जुलाईमा र गौरिकाले २८ जुलाईमा प्रतिस्पर्धा गर्नेछन्।
एलेक्सले हिट चरण पारे २८ जुलाईमा अर्को चरणमा भिड्नेछ। उनी सहभागी इभेन्टको पदकको टुंगो २९ जुलाईमा लाग्नेछन्।
यस्तै गौरिका सहभागी एभेन्टमा २९ र ३० जुलाई अर्को चरणमा प्रतिस्पर्धा हुनेछ।
यसैगरी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला सय मिटर दौडमा ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन्। महिला सय मिटर दौडको पदकको टुंगो ३१ जुलाईमा लाग्नेछ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया