

प्रदेश २ मा माओवादीका मन्त्रीले लिए सपथ



काठमाडौं
प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । शनिबार माओवादीबाट मन्त्री भएका भरतप्रसाद साह र रुवी कर्णले पद तथा गोपनीयताको सपथ लिएका छन् । आन्तारिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका साहलाई प्रदेश प्रमुख राजेश झा अहिराजले शपथ ग्रहण गराएका छन् भने राज्यमन्त्री बनेकी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका छन् । कर्णलाई पनि आन्तारिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीद्वयले शहीदको नाममा सपथ लिएका छन् ।
भाषाको विवादले डेढ घण्टा ढिलो सपथ
सपथ ग्रहणको समय अपरान्ह ३ बजे निर्धारण गरिएपनि डेढ घण्टा पछि सुरु भएको थियो । मन्त्रीद्वयले मातृभाषा मैथिलीमा सपथ लिने अडान लिएका कारण ढिलो गरि सपथ ग्रहणको कार्यक्रम सुरु भएको थियो । तर कानून अभावका कारण नेपाली भाषामा सपथ लिनु परेको मन्त्री साहले बताए । सपथ ग्रहणलगत्तै उनले मातृभाषामा सपथ सम्बन्धि विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसअघि जनता समाजवादी पार्टी नेपालबाट आन्तरिक मामिला तथा सञ्चारमन्त्री रहेका ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री रहेका सरोजकुमार कुशवाहाले राजीनामा दिएका थिए ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया