प्रधानमन्त्री नियुक्त भएको चौथो दिनमा देउवालाई बधाई दिन पुगिन् चिनियाँ राजदूत

काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीबिच बालुवाटारमा भेट भएको छ।

प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिन यान्छी बालुवाटार पुगेका हुन्। ट्वीट गर्दै प्रधानमन्त्री देउवाले नेपाल र चीनको सम्बन्धलाई थप प्रगाढ बनाउन आफ्नो प्रयास रहने उल्लेख गरेका हुन्।

देउवा आजमात्रै बुढानीलकण्ठस्थित निजी निवासबाट बालुवाटारस्थित सरकारी निवासमा सरेका हुन्। यसअघि देउवालाई बुढानीलकण्ठ पुगेर अमेरिकी राजदूत र्‍यान्डी बेरी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेका थिए।

देउवालाई राजदूतहरुले बधाई दिइहरँदा भारत र चीनको संस्थापन पक्षले भने बधाई दिएको छैन।

प्रतिक्रिया

खबर सबै