

लुम्बिनी प्रदेश : सत्तापक्षद्वारा सदन बहिस्कार



बुटवल
लुम्बिनी प्रदेशसभामा सत्तापक्षबाट बैठक आज बहिस्कार गरेपछि शुक्रबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित गरिएको छ । प्रदेशसभामा सरकारबाट प्रस्तुत बजेटका सम्बन्धमा छलफल सकिएर मन्त्री र मुख्यमन्त्री शङ्कर पोखरेलबाट जवाफ समेत दिइसकेपछि मतदान प्रक्रिया सुरु हुने लागेका बेला सत्तापक्ष एमालेले बैठक बहिस्कार गरेपछि भोलि सम्मको लागि सदन स्थगित गरिएको हो ।
आज बजेटमा मतदान गर्दा बजेट फेल हुने सम्भावना ध्यानमा राख्दै सत्तापक्षले बहिस्कार गरिएको अनुमान गरिएको छ । अङ्क हिसाब लुम्बिनी प्रदेशमा बरावर हुँदा सत्ता पक्ष हराएको एमाले सचेतक निर्मला क्षेत्रीले बताइन् । सभामुख पूर्ण घर्तीले छलफलका लागि आधा घण्टा बैठक स्थगित गरे पनि बैठकमा एमाले सहभागी हुने अवस्था नदेखिएपछि शुक्रबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित गरिएको हो ।
सत्तापक्षबाटै संसदीय सबै प्रक्रिया पुरा गरेर मतदान प्रक्रिया सुरु हुन लाग्दा बैठक छाडेर हिँड्नुलाई प्रदेशसभाका सभामुख घर्तीले ऐतिहासिक क्षण भन्दै आधा घण्टाको लागि समय दिएका दिएका थिए । तर सहमति नजुट्ने भएपछि भोलि सम्मको लागि स्थगित गरिएको हो । बैठकमा फर्कन नमानेपछि प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना टाँसेर बैठक स्थगित गरेका छन् ।
यसअघि प्रदेशसभा बैठकलाई मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गरेलगत्तै सत्तापक्षका सांसदहरु बैठक कक्षबाट बाहिरिएका हुन् । सत्तारुढ दल एमालेका सांसदहरु बाहिरिएपछि सभामुख अलमलमा परेका थिए ।
प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका ४ जना सांसदको मुद्दा अदालतमा विचाराधीन रहेकाले अझै धैर्य गर्न विपक्षी दलहरुलाई आग्रह गरेका थिए । उनले प्रदेशवासीको आकांक्षा पूरा गर्न बजेट महत्वपूर्ण रहेको भन्दै बजेट पास गर्नका लागि सहयोग गर्न पनि विपक्षी दलहरुलाई आग्रह गरेका थिए ।
उनले संविधानको अर्को धारा अनुसार नयाँ सरकार गठनका लागि आफ्नो रुची नभएको पनि बताए । बैठकमा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले समामुखसँग छलफलका लागि थप समय माग गरेका थिए ।
लुम्बिनी प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०७८/७९ को बजेट पेस गरेको थियो । उक्त बजेटलाई प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहे पनि सत्ता पक्षका सांसदहरु प्रदेशसभाबाट बाहिरिएका हुन् ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया