

माधव नेपालकै कारण आफ्नो सरकार गुमेको ओलीको ठहर



काठमाडौं
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विपक्षी अस्वस्थ्य गठबन्धनमा सामेल भएकै कारणले आफ्नो सरकार गुमेको आरोप लगाए।
देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘केही मान्छेको पदको महत्वकाङ्क्षाको कारणले पार्टीभित्र अस्वस्थ्य प्रतिस्पर्धा भयो। निर्वाचित अध्यक्षलाई पदबाट हटाएर आफैं अध्यक्ष भएको भन्दै हिँडे। पार्टी र देशको लागि लागिरहेको व्यक्तिलाई साधारण सदस्यसमेत नरहने गरी निर्णय गरे।’
सर्वोच्च अदालतमा एमालेको २६ सांसदले हस्ताक्षर गरे विद्रोही नभएर अराजकता मात्रै भएको दाबी गरे।
ओलीले भने, ‘के को विद्रोही हुन्थ्यो। विद्रोही शब्द न्यायको लागि प्रयोग गर्ने हो। अराजक ढंगले आफ्नो पार्टीको सरकार ढाल्ने प्रमुख प्रतिपक्षी पार्टीलाई प्रधानमन्त्री बनाउन अनुसाशन र अराजकताको लागे।’
माधव समूहले पार्टीभित्र अन्तर्घात गरेको भन्दै आक्रोश पोखे।
‘पार्टीभित्र अन्तर्घात गर्ने आफ्नो खुट्टामा पास दिनुपर्नेमा खेलाडीले विरोधीको खुट्टामा पास दिन्छ। आफू गोल रक्षक हुनुपर्ने ठाउँमा पोस्ट खाली गरिदिन्छ। त्यसको रक्षा गर्न खोज्नेलाई लखेट्न खोज्छ’, ओलीले भने।
माधव समूहको गतिविधि पार्टीविरोधी मात्रै नभएर लोकतन्त्रिक प्रणालीमा समेत धक्का लागेका आरोप लगाए।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया