

उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने माओवादी केन्द्रको प्रस्ताव



काठमाडौं
नेकपा माओवादी केन्द्र गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा नेताहरुले संयन्त्र गठनमा जोड दिएका हुन् ।
सरकारमा गएका मन्त्रीहरुलाई नेतृत्व गर्न पार्टीमा छुट्टै संयन्त्र बनाउनुपर्नेमा समेत नेताहरुले जोड दिएका छन् । पार्टीबाट सरकारमा गएका रामबहादुर थापा बादलहरु तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेको विगतको अनुभवबाट शिक्षा लिनुपर्ने नेताहरुले बताएका छन् ।
‘सरकार सञ्चालनका लागि गठबन्धन र पार्टीमा पनि संयन्त्र बनाउनुपर्ने सबैको जोड छ’ माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले भने ।
सरकारको न्यूनतम नीति तथा कार्यक्रम बनाउनुपर्ने र त्यो तत्काल सम्वभ नभए साझा प्रतिवद्धता ल्याउनुपर्ने माओवादीको जोड छ ।
एक नेताका अनुसार स्थायी कमिटी बैठक लगतै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटमा प्रचण्डले यसबारे कुराकानी गर्ने बताइएको थियो ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया