जसपा सहतिका दलका नेताहरुद्धारा कपिलवस्तुमा सर्वाेच्चको निर्णयको स्वागत

कपिलवस्तु ।
जनता समाजवाद्ी पार्टी नेपाल कपिलवस्तु सहित विभिन्न राजनैतिक दलका नेताहरुले सर्वाेच्च अदालतको सोमबारको निर्णयको स्वागत गरेका छन । जिल्लाको मायादेवी गाउँपालिका स्थित पकडीमा विभिन्न राजनितिक दलका नेताहरुेल एक कार्यक्रमका बिच संसद पुर्न स्थापना भएको भन्दै दिप प्रज्वलन गरेका छन भने राष्ट्रपति र प्रधानमन्त्रीको राजिनामा माग गरेका छन् ।
सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको कदमलाई गलत ठहर गरेको भन्दै नेताहरुले संसद पुर्नस्थापना भएको खुसीयालीमा दिप प्रज्वलन गरी त्यसको स्वागत गरका हुन ।
जसपा जिल्ला अध्यक्ष शैलेन्द्र यादवका अनुसार सर्वाेच्चको निर्णय स्वागतयोग्य रहेको जनाइएको छ । प्रधानमन्त्री केपी ओलीका कारण देश संकटमा धकेलिएका बेला अदालतले देश र जनताको पक्षमा फैसला सुनाएको जिल्ला अध्यक्ष यादवले बताउनुभयो ।
जसपा जिल्ला अध्यक्ष शैलेन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेता तथा कार्यक्रताहरुले दिप प्रज्वलन गरी देश र जनताको बलिदानबाट प्राप्त गणतन्त्र र नेपालको संविधानको रक्षा भएको जनाएका छन् । कार्यक्रममा जसपा नेता बजरंगी चौधरी, माओवादी केन्द्र्रका नेता कासिराम यादव, इसरार अहमद, नेपाली कांग्रेसका सुरेन्द्र तिवारी, जसपा नेपालका नेता तथा पूर्व मन्त्री दानबहादुर चौधरी, लगाएतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
त्यस्तै कार्यक्रममा जसपाका युवा नेता विश्राम यादवको संचालन सहित नेताहरुले तत्काल राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीले राजिनामा दिनुपर्ने उद्ध्घोष गरेका छन । संविधान र व्यवस्था माथि नै संकट उत्पन्न गराउने निर्णय गर्नेहरु सत्तामा बस्नुको कुनै औचित्य नरहने जसपा जिल्ला अध्यक्ष शैलेन्द्र यादवले बताएका छन् ।

प्रतिक्रिया

खबर सबै