

यी हुन् कोरोना संक्रमणदर धेरै भएका नौ जिल्ला





काठमाडौं
देशभर कोरोना संक्रमितको संख्या घटेपनि संक्रमणदर स्थिर रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातालाई आधार मान्दा दैनिक २ हजार ३ सय ३५ जना संक्रमित थपिने गरेका छन् । प्रत्येक पाँच जनामा कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर संक्रमण पत्ता लाग्नेदर २२ दशमलव ३ प्रतिशत रहेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १ सय ७३ जना रहेको छ । जसमध्ये २३ हजार ४ सय ७१ जना संक्रमित होम आइसोलेसन र २ हजार ७ सय २ संस्थागत आइसोलेसनमा रहेका छन् ।
संस्थागत आइसोलसनमध्ये ५ सय ५३ जना आईसीयूमा र १ सय ७५ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । देशभर ३ सय ४ जना क्वारेन्टाइनमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार आइतबारसम्म ५ सय बढी सक्रिय संक्रमित रहेका जिल्ला नौवटा छन् । जसअन्तर्गत प्रदेश १ कोे मोरङ, सुनसरी र झापा, बाग्मती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र चितवन, गण्डकी प्रदेशको कास्की रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले कोरोना महामारी अझै समाप्त नभएको भन्दै हेलचेक्र्याइँ नगर्न आग्रह गरेको छ । अधिकांश जिल्लामा १ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् । विगत १४ दिनमा कास्की, स्याङजा काठमाडौं, चितवन, कास्की, प्युठान, डोल्पा, कञ्चनपुर, बझाङ, बाजुरा, मुगुमा संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या घटे पनि जोखिम अझै कायम रहेको भन्दै हेलचेक्र्याइँ नगर्न र जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न सरकारले आग्रह गर्दै आएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया