

मेचीमहाकाली बुहारी संयुक्त आवाज कपिलवस्तुद्धारा ५० घर परिवारलाइ राहत बितरण



राधा पान्डे/ भगवती न्यौपाने कपिलवस्तु
`महिला तथा बालबालिकाको हिंसा विरुद्धको हाम्रो अभियान´ भन्ने मुल नारालाई आत्मसात गरेको मेचीमहाकाली बुहारी संयुक्त आवाज कपिलवस्तुले राहत बितरण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका बाणगंगा नगरपालीका, बुद्धभुमी नगरपालिका, मायादेबी गाउपालीका लगायतका पालिकाभित्र रहेका अति बिपन्न, एकल महिला, गर्भवती, सुत्केरी, अपाङ्ग गरी ५० घर परिवारलाई खाद्यान्न बितरण गरेको हो ।
आवाजले कोरोनाको कहरको समयमा आफ्नो सानो सहयोगले गरिब तथा अति बिपन्नहरुको घरमा चुलो बलोस भन्ने उद्देश्यले राहत बितरण कार्यक्रमको आयोजना गरेको हो ।

मेचीमहाकाली बुहारी संयुक्त आवाजका जिल्ला संयोजक चन्द्रा अर्याल र सह संयोजक दिना सुवेदी (कमाल)ले महिला तथा बालबालीकाको सेवामा मात्रै नलागेर समाजमा हुने हिंसा न्यूनीकरण तथा गरिव दुखिको पिडामा मलम लगाउने अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्दै आइरहेको बताउनुभयो । यस्तै उहाँले यो आवाजले दुखी, गरिब, अपांग, असहायहरुको आवाजको आवाज बोल्ने स्पष्ट पार्नुभयो ।
बिगतका दिनमा आवाजले दुखी गरीबको परिवारमा घाउमा मलम लगाउदै आएको र आगामी दिनमा पनि हरपल तत्पर रहने बताउदै आएको छ । संयुक्त आवाज परिवारले खाद्यान्न, नगद सहयोग गर्नै सहयोगी हातहरू तथा बिभिन्न संघ संस्था साथै सामाजिक ब्यक्तीत्वहरुलाइ हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ ।
कार्यक्रममा प्रदेश संयोजक लता खड्का, उपाध्यक्ष सुष्मा खाण , सचिव अन्जु बन्जाडे,आवाजका सह सचिव साथै राहत सङ्कलन तथा बितरण संयोजक अन्जु अधिकारी, कोषाध्यक्ष निर्मला न्यौपाने भुषाल, सह कोषाध्यक्ष ज्ञानु पौडेल , सदस्य नारायणी सिंह के सी, सदस्य सिवालिक चौधरी, आजिवन सदस्य सरीता अर्याल, अनु पौडेल, सुनीता आचार्यका साथै प्रेस सल्लाहकार भगवती न्यौपाने र पत्रकार राधा पान्डेको सहभागिता रहेको थियो ।

कार्यक्रममा राहत बितरण ब्याबस्थापनमा सहयोग गर्नुहुने मायादेबी गाउँपालिकाका समाजसेवी मेवालाल यादव तथा सम्पुर्ण पालिकाका समाजसेवीहरुले बुहारी संयुक्त आवाजलाइ सहयोग गर्नुभएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया