

राष्ट्रपतिको हत्यापछि अन्तर्राष्ट्रिय सेना पठाउन हाइटी सरकारको आग्रह





पोर्ट–अ–प्रिन्स
हाइटीले राष्ट्रपति जोभनेल मोइजको हत्या भएपछि मुलुकमा उत्पन्न संकटसँग जुध्न अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको आग्रह गरेको छ । हाइटीले संयुक्त राष्ट्र संघ र अमेरिकासँग सैन्य सहयोगको आग्रह गरेको हो ।

राष्ट्रपति मोइजको हत्यामा संलग्न भएका व्यक्ति र प्रयोग गरिएका हतियार सार्वजनिक गर्दै हाइटी प्रहरी । तस्बिर : रोयटर्स
अमेरिकाले भने राष्ट्रपति मोइजको हत्याको छानबिनमा टोली पठाउने बताए पनि तत्काल सेना पठाउने आफ्नो योजना नरहेको बताएको छ । अमेरिकाले सेना नपठाए पनि अनुसन्धानमा लागि एफबीआई डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अधिकारी भने पठाउने बताएको छ । संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय सेना पठाउन पनि सुरक्षा परिषद्बाट स्वीकृति पाउनुपर्छ ।
हाइटी प्रहरीले यसअघि राष्ट्रपति मोइजको हत्यामा २८ जना विदेशी नागरिक रहेको समूह संलग्न भएको बताएको थियो । राजधानी पोर्ट–अ–प्रिन्समा भएको संघर्षमा १७ जनालाई नियन्त्रणमा लिएको हाइटी प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । राष्ट्रपतिको हत्यामा संलग्न हुनेहरूमध्ये अधिकांश कोलम्बियाका अवकाशप्राप्त सैनिक रहेको पनि हाइटी प्रहरीको दाबी छ । त्यस्तै दुई जना आक्रमणकारी भने हाइटियन मूलका अमेरिकी नागरिक रहेको बताइएको छ । आक्रमणकारीहरू ताइवानी नियोग हुँदै राष्ट्रपति मोइजको निजी निवासमा प्रवेश गरेका थिए । तीन जना संदिग्ध आक्रमणकारी भने भिडन्तमा मारिएका छन् । आक्रमणमा संलग्न भएका भनिएका ८ जनाको अझै खोजी भइरहेको प्रहरीले जनाएको छ ।
जोभनेल मोइज । फाइल तस्बिर : रोयटर्स
राष्ट्रपतिको हत्यापछि हाइटीमा हिंसात्मक प्रदर्शन भइरहेका छन् । अमेरिकी क्षेत्रकै सबैभन्दा गरिब मुलुक हाइटीमा संकटकाल लागू भएको छ । राष्ट्रपतिको हत्यापछि हाइटीमा सरकार सञ्चालनबारे अन्योल देखिएको छ ।
राष्ट्रपतिको हत्याको योजना कसले बनायो र केबाट प्रेरित थियो भन्नेबारे अहिलेसम्म केही स्पष्ट भएको छैन । तर हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले ५३ वर्षीय राष्ट्रपति मोइज मुलुकमा ‘तानाशाही’ प्रणालीरिुद्ध लडिरहेको हुनाले उनलाई निसाना बनाइएको दाबी गरेका छन् ।
जोभनेल मोइज सन् २०१७ को फेब्रुअरीदेखि हाइटीको राष्ट्रपति थिए । तर पछिल्लो समय विरोधीहरूले उनको राजीनामा माग गर्दै आएका थिए । भ्रष्टाचार अभियोगहरूका कारण उनको लोकप्रियता ओरालो लागेको थियो र उनले सरकारविरोधी हिंसात्मक विरोध प्रदर्शनहरूको सामना गर्दै आएका थिए । यसै वर्षको सुरुमा राजधानी र देशका अन्य सहरमा उनको राजीनामाको माग गर्दै व्यापक प्रदर्शनहरू भएका थिए ।
विपक्षीहरूले मोइजका पूर्ववर्ती मिसेल मार्टेलीले पद त्याग गरेको मितिबाट ५ वर्ष पुगेको भन्दै उनको कार्यकाल सन् २०२१ को फेब्रुअरी ७ मै सकिएको दाबी गरेका थिए । तर मार्टेलीले पद त्यागेको मिति (सन् २०१६ फेब्रुअरी ७) मा आफूले पद नसम्हालेको भन्दै मोइजले आफ्नो कार्यकाल अझै एक वर्ष बाँकी रहेको बताउने गरेका थिए ।
चुनावमा धाँधली भएको भन्ने आरोपका कारण बीचको एक वर्ष ढिलाइ हुन गएको हो । जसका कारण सन् २०१५ को निर्वाचनको नतिजा रद्द गरेर नयाँ निर्वाचन गरिएको थियो । चुनावमा मोइज विजयी भएका थिए ।


खबर सबै
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा











प्रतिक्रिया