

शैक्षिक बिकृती बिरुद्ध अखिल ( क्रान्तिकारी) कपिलवस्तुको प्रर्दशन



कपिलवस्तु
अखिल ( क्रान्तिकारी) कपिलवस्तु ले जिल्लाको विभिन्न स्थानमा शैक्षिक बिकृती बिरुद्ध प्रर्दशन गरेको छ । संगठन केन्द्रद्वारा पुर्वघोसित कार्यक्रम अन्तरगत ,असार २५ गते देश ब्यापी शैक्षिक समस्या विरुद्ध प्रदशन भएको र जिल्लामा सम्पन्न गरेको थियो ।
कार्यक्रम मा मन्तव्य राख्दै संगठनका जिल्ला अध्यक्ष बिज्ञान क्षेत्री ,शिक्षा जस्तो संबेदनसिल बिषयमा राज्य जिम्मेवार बन्नुको सट्टा निजि सत्ता स्वार्थमा व्यस्त रहेको ,आम बिद्यार्थीको भबिस्य माथी जबर्जस्त खेलबाड गरेको आरोप लगाउनु भयो । साथै उहाले , अब यो बिदेशको चाकडी गर्ने ,दास उत्पादन गर्ने शिक्षा नीति असफल भएकोले समाजवादी शिक्षा स्थापना गर्नुपर्ने र मात्र आम बिद्यार्थी संकटबाट मुक्त हुने जिल्ला अध्यक्ष क्षेत्रीले बताउनु भयो । साथै उहाले शिक्षालाई राज्यको मातहत लिनु पर्ने ,निशुल्क अनि अनिवार्य बनाउनुको सट्टा ,नाफामुखी पेशा जस्तो बनाउनमा राज्य आफै प्रोत्साहन गरेको समेत आरोप लगाउनु भयो ।
त्य्सैले अब यो संसदीय व्यवस्थाबाट निशुल्क शिक्षा कदापी सम्भव नभएकोले ,वैज्ञानिक समाजवादी राज्य सत्ता स्थापना गर्नु पर्ने, मात्र सेवामुलक , व्यवहारिक ,वैज्ञानिक ,निशुल्क ,जीवन उपयोगी ,आत्मनिर्भर अर्थतन्त्रको बिकाश गर्ने शिक्षा सम्भव छ त्यसैले राज्यले शिक्षालाई बिस्तारै निजीकरण गर्दै जादा आफ्नी संगठन शसक्त प्रतिरोध संघर्स गर्ने , यो पुजीवादी शिक्षा नीति असफल सिद्ध भयो त्य्सैले अब समाजवादी शिक्षा नीति स्थापना गर्नु आजको आवश्यकता हो ,त अब शैक्षिक माफिता अब होसियार भय हुन्छ ,चेतावनी समेत दिनु भयो ।
साथै उहाले जिल्ला भर ,सरकारी कार्यलय ,जिप्रका ,प्याब्सन ,यनप्याब्सन ,स्थानिय तह ,शिक्षा बिकास तथा समन्य इकाइ मा पटक – पटक माग पत्र ,बुझाको हुदा ,अझै पनि कुनै बिधालय ,क्याम्पसले कुनै बहानामा बिद्यालय बन्दा बन्दिको शुल्क मागेमा ,शुल्क नतिर्न ,बिद्यार्थी अभिभावक लाई प्रेससर गरेमा संगठनलाइ खबर गर्न समेत अपिल गर्नु भएको छ । कार्यक्रम संगठन उपाध्यक्ष संगीता बिक को सन्चालन ,बिज्ञान क्षेत्रीको प्रमुख आतिथ्यता ,पार्टी प्रतिनिधिको उपस्तिथि ,जिल्ला सद्स्य प्रकाश ,संगीता ,करिस्मा ,बिस्नु लगायत बिद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको थियो ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया