

कपिलवस्तुको भलवाडमा ४ वर्षीय बालिकाको मलद्धार नै बन्द भयो, उपचारमा आर्थिक अभाव



भलवाड, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ जिनुवा स्थित एक चार वर्षीय बालिका उपचार खर्च नहुँदा जोखिमपूर्ण स्वास्थ्य स्थितिबाट कष्टपूर्ण जीवन विताईरहेकी छिन् ।
चार वर्षकी लक्ष्मी परियारको मलद्धार बन्द भएको छ भने भित्री आन्द्रामा रोगको संक्रमणका कारण उनको उपचारमा ठूलो रकम लाग्ने चिकित्सकको भनाईलाई उदृत गर्दै उनकी आमा चन्द्रा परियाले बताउनुभयो । परिवारको आर्थिक अवस्था कमजोर स्थितिमा रहेका कारण उपचार हुन नसकेको र भएको सबै सम्पत्ति बच्चाको उपचारमा सकिएको परिवारको गुनासो छ । उनकै उपचारका लागि विभिन्न संघ संस्थाहरुमा ऋण लिए पनि उपचार खर्च पुरा गर्न नसक्दा बच्चाको दैनिकी कष्टपूर्ण बन्दै गएको परिवारले बताएका छन् ।
हाल सम्म झण्डै १९ लाख बढी रकम उपचारमा खर्च गरे पनि रोग पत्ता लगाउन र उपचार गराउन नसकिएको परिवारले गुनासो गरेका छन । कपिलवस्तु सहित बुटवल र काठ्माण्डौँका विभिन्न अस्पतालमा बच्चाको उपचारमा भएको सबै सम्पति सकिएको लक्ष्मीकी आमा चन्द्रा परियारले बताउनुभयो । तीन सन्तान मध्ये चार वर्षीय लक्ष्मी कान्छी सन्तान हुन । उनका बुवा रोजगारीको शिलशिलामा हाल भारतमा रहेको परिवारले बताएका छन् । अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर १० स्थायी बसोबास रहे पनि हाल उनीहरु बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित पश्चिम जिनुवामा भाडाको घरमा बस्दै आएका छन् । लक्ष्मीको उपचारका लागि धेरै कोसिश गरिए पनि सही ठाउँमा उपचारका लागि लैजान आर्थिक स्रोत जुटाउन नसक्दा रोग पालेर जीवन र मरणको स्थितिमा बस्नुपरेको आमा चन्द्रा परियाले बताउनुभयो ।
यसैबिच उनको उपचारमा सहयोग होस भन्नका लागि बाणगंगा ७ बनगाई निवासी स्थायनीय व्यवसायी शिवलाल वेल्वासेले पाँच हजार रुपैँया आर्थिक सहयाग प्रदान गर्नुभएको छ । बेल्वासेले प्रदान गर्नुभएको सहयोग रकम हस्तान्त्रण गर्दै राम आधारभूत विद्यालयका शिक्षक दुर्गा पौडेलेले बच्चाको स्थिति अत्यन्तै खतरा अवस्थामा रहेका कारण उपचारमा सहयोग गरिदिन सबैमा अपिल गर्नुभएको छ । उनको उपचारका लागि मनको साथी प्रतिष्ठानका अभियान्ता प्रेम पाण्डे, पत्रकार बाबुराम रायमाझी, नबराज बेल्वासे, ई साझाकुरा डट कमका प्रबन्ध निर्देशक राजेन्द्र खनाल लगाएतको उपस्थितीमा सहयोग रकम हस्तान्त्रण गरिएको हो । तत्काल उपचारमा सहयोग होस भनी आफुले ५ हजार रकम सहयोग गरेको व्यवसायी शिवलाल बेल्वासेले बताउनुभएको छ । त्यस्तै उहाँले बच्चाको उपचारमा सहयोग गर्न पनि सबैमा आग्रह गर्नुभएको छ ।
गत वर्ष जेठ महिनामा शल्यक्रिया गरीएको भए पनि पछिल्लो पटक दुई हप्ता भन्दा धेरै दिन देखि मलद्धार बन्द रहेको र दिसा नगरेको परिवारले बताएका छन् । उनको उपचारमा सहयोग गरिदिन उनीहरुले अपिल गरेका छन् ।
चार वर्षीय बालिकाको मलद्धार बन्द हुँदा उनको दिसा बन्द भएको छ, जसका कारण स्वास्थ्य अवस्था जटिल बनेको परिवारले बताएका छन् । उपचारमा आर्थिक अभाव भएका कारण सहयोग गरिदिन समेत लक्ष्मीकी आमा चन्द्राले याचना गर्नुभएको छ । झट्ट हेर्दा बच्चाको अवस्था सामान्य जस्तै देखिए पनि उनको भित्रि स्वास्थ्य अवस्था भने अत्यन्त जटील रहेको चिकित्सकहरुले बताएका छन् । उनको उपचारका लागि स्थानीय स्वास्थ्यकर्मीहरुले काठ्माण्डौँ नै लैजान आग्रह गरेको तर आर्थिक अभावले उपचार गराउन नसकिएको परिवारको गुनासो छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया