

अब अमेरिकी सैनिकलाई अफगानिस्तानमा युद्ध गर्न नपठाइने





काठमाण्डाै
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशकाे अर्को पुस्तालाई अफगानिस्तानमा युद्ध गर्न नपठाउने बताउनु भएको छ । उहाँले आउँदो अगस्ट ३१ सम्ममा सबै अमेरिकी सैनिकहरू अफगानिस्तानबाट फिर्ता भइसक्ने भन्दै जतिसक्यो छिटो अफगानिस्तानबाट फर्किनु नै राम्रो हुने बताउनु भएको छ ।
उहाँ आफ्नो देश कसरी चलाउने भन्ने निर्णय गर्ने अफगानिस्तानको अधिकार र जिम्मेवारी भएको बताएका बीबीसीले जनाएको छ । अहिलेसम्म अफगानिस्तानमा रहेका ९० प्रतिशत अमेरिकी सैनिक स्वदेश फर्किसकेका छन् । अमेरिकी सैनिक फर्किन थालेसँगै त्यहाँ विद्रोही समूह तालिबानले आफ्नो पक्कड बढाउँदै लगेको छ ।
तालिबानले अफगानिस्तानको झन्डै एक तिहाई जिल्ला नियन्त्रणमा लिएको छ । सन् २००१ मा अमेरिकाले आफ्नो सेना अफगानिस्तानमा पठाएको थियो । २० वर्षमा २ हजार ४ सय ४८ जना अमेरिकी सैनिकले अफगानिस्तानमा ज्यान गुमाएका छन् भने २० हजार ७ सय २२ जना घाइते भएका छन् ।


खबर सबै
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा











प्रतिक्रिया