

पाल्पामा पहिरोले ४ घर पुरिए, एकको मृत्यु, ७ जना घाइते




पाल्पा । लगातार परेको वर्षासँगै आएको पहिरोले पाल्पामा घर पुरिँदा बिहीबार विहान एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । यस्तै सात जना घाइते भएका छन् ।
तिनाउ गाउँपालिका–५ गिट्टी खानीका ४५ वर्षीय वीरबहादुर गुरूङको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।
विहान ४ बजेतिर गएको पहिरोमा पुरिएर सोही ठाउँका ४ वर्षीय आरभ परियार बेपत्ता भएका छन् । सात जना घाइते भएका छन्। घाइतेलाई उपचारको लागि बुटवलतर्फ लगिँदैछ । ४ घर पूर्ण रूपमा पहिरोमा पुरिएको छ । हाल प्रहरी र स्थानीय उद्धार कार्यमा जुटेका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया