

पाल्पामा पहिरोले ४ घर पुरिए, एकको मृत्यु, ७ जना घाइते



पाल्पा । लगातार परेको वर्षासँगै आएको पहिरोले पाल्पामा घर पुरिँदा बिहीबार विहान एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । यस्तै सात जना घाइते भएका छन् ।
तिनाउ गाउँपालिका–५ गिट्टी खानीका ४५ वर्षीय वीरबहादुर गुरूङको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।
विहान ४ बजेतिर गएको पहिरोमा पुरिएर सोही ठाउँका ४ वर्षीय आरभ परियार बेपत्ता भएका छन् । सात जना घाइते भएका छन्। घाइतेलाई उपचारको लागि बुटवलतर्फ लगिँदैछ । ४ घर पूर्ण रूपमा पहिरोमा पुरिएको छ । हाल प्रहरी र स्थानीय उद्धार कार्यमा जुटेका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया