

पाल्पामा पहिरोले ६ घर बगायो : एकको मृत्यु, एक जना बेपत्ता


पाल्पा
पाल्पाको तिनाउ गाउँपालिका–५ मा बिहीबार पहिरोले ६ घर बगाउनुका साथै एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत हिउादेखोला नजिकै खसेको पहिरोमा उक्त पहिरोमा चार वर्षीय बालक बेपत्ता छन् भने ७ जना घाइते छन् ।
हिउँदे खोलामा खसेको पहिरोले ६ घर बगाएको स्थानीय बद्रीप्रसाद श्रेष्ठले जानकारी दिए । तिनाउ–५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पूजा परियारका चार वर्षीय छोरा आरोप बेपत्ता भएका छन् ।
दोभान प्रहरी चौकीका धर्मराज न्यौपानेका अनुसार नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ । पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
दोभान प्रहरी चौकीका अनुसार हिउँदे खोला, झुम्सा, दोभानका विभिन्न स्थानका साथै सिद्धबाबा क्षेत्रमा पहिरो खसेको छ ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया