बाणगंगामा भेरोसेलको दोस्रो डोज खोप मंगलबार देखि लगाइदैँ

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगामा भोली देखि कोरोना विरुद्धको दोस्रो डोज खोप दिइने भएको छ । त्यसका लागि नगरपालिकाले बाणगंगामा दुई स्थानमा खोप केन्द्र निर्धाण गरेको जनाएको छ ।

जेठ २५ देखि २८ गते सम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६२ देखि ६५ उमेर समूहका ज्यष्ठ नागरिकहारुलाई खोपको दोस्रो डोज दिइने बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलले जानकारी दिनुभयो । नगरपालिकाको पिपरा अस्पताल र मोतिपुर स्वास्थ्य चौकी स्थित खोप केन्द्रबाट सो खोप लिन सकिने पौडेलले बताउनुभयो ।

खोपको पहिलो डोज लगाएका बाणगंगाका १ हजार ७ सय १ जना छन भने दोस्रो खोपको प्राथामिकतामा उनीहरुलाई राखिएको छ । त्यस्तै पहिलो डोज खोप भेरोसेल लगाएका कर्मचारी, पत्रकार, स्वास्थ्यकर्मीं, सुरक्षाकर्मी लगाएतलाई पनि खोपको दोस्रो मात्रा दिइने नगरपालिकाले जनाएको छ । बाणगंगामा भोली र पर्सिँ आर्थत मंगलबार र बुधबार गरी दुई दिन खोप कार्यक्रम संचालन हुने पौडेलले जानकारी दिनुभएको बाणगंगामा भोली र पर्सिँ आर्थत मंगलबार र बुधबार गरी दुई दिन खोप कार्यक्रम संचालन हुने पौडेलले जानकारी दिनुभएको छ ।

नगरपालिकाले तोकेका दईवटा मध्ये कुनै एक केन्द्रमा पुगेर विहान १० बजेबाट दिउसो ४ बजेसम्म खोप लगाउन सकिने छ । जस अन्र्तगत बाणगंगाका वडा नम्बर १,२,३,४ सहित वडा नम्बर १० र ११ का नागरिकहरुले पिपरा अस्पतालमा खोप लगाउन पाउने छन भने वडा नम्बर ५,६,७,८ र ९ का नागरिकहरुले मोतिपुर स्वास्थ्यचौकी चप्परगाउँमा खोप लगाउन पाउने भएका छन् ।

प्रतिक्रिया

खबर सबै