

बुद्धभुमि वडा ४ को अनुकरणीय काम अपाङ्ग तथा बृद्वालाई सम्मान



शुसिल गौरे
बुद्धभूमि नगरपालिका वडा ४ ले अपाङ्गता भएका र वृद्धा्लाई सनिबार एक कार्यक्रम गरि सम्मान गरेको छ। आर्थिक वर्ष ०७७/०८८ को वडा स्तरीय सामाजिक कार्यक्रम अन्तर्गत वडाले वडा भित्रका २१ जना अपाङ्गता भएका र वृद्धा्लाई सम्मान गरेको हो। वडा कार्यलय बुड्ढिमा एक कार्यक्रम गरि प्रति व्यक्ति १५०० पर्ने गरि पनि तताउने इलेक्टिक जग, झुल र छाता वितरण गरेको हो।
कार्यक्रममा बोल्दै मेयर केशव कुमार श्रेष्ठले अपाङ्गता भएका नागरीकको जीवन स्तर उकास्न स्थानीय सरकारले ध्यान दिएको बताउनुभयो । दैनिक जीवनमा प्रयोग हुने सामाग्रीले जीवनयापनमा सहयोग पुग्ने भन्दै समय परिस्थिति अनुकुल सम्मान स्वरुप समान वितरण गरेको बताउनुभयो।
नगरले अपाङ्गता भएका व्याक्तिकालागी बिभिन्न काम गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताउनुभएको छ।
यस्तै बुद्धभूमि नगरपालिका वडा ४ का अध्यक्ष एवम कार्यक्रमका अध्यक्ष पवन कुमार थारुले वडाले वडा भित्रका सबैलाई बिभिन्न कार्यक्रममा समेट्दै आएको र कहिँ कतै केहि व्यक्ति छुट्नुभएको भए फेरी अन्य कार्यक्रममा सहभागी गराउने बताउनुभयो।
पवन कुमार थारुको अध्यक्षता रहेको उक्त कार्यक्रमा नगर प्रमुख केशव कुमार श्रेष्ठको प्रमुख आथित्यता,विशिष्ट अथिति प्रसासकिय अधिक्रीत राजन पोख्रेल वडा सदस्यहरुको आथित्यता रहेको उक्त कार्यक्रममा सचिव पुष्पा गैरेको स्वागत मन्तव्य,जीवन भुसालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो।
सम्मान स्वरुप इलेक्टिक जग, झुल र छाता पाएपछि अपाङ्गता भएका र वृद्धाले खुसि हुदै वडा र नगरलाई धन्यवाद दिएका छन्।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया